News Summary
Generated by OK AI. Editorially reviewed.- टप एन्ड टी-२० सिरिजमा किङ्समेनले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाउँदै नेपाललाई १९८ रनको लक्ष्य दिएको छ।
- किङ्समेनका शेहान जयसूर्याले ६७ रन बनाए भने नेपालका नारायण जोशीले २ विकेट लिए।
- नेपालले यसअघि ४ खेलमा २ जित र २ हार निकालेको छ र सेमिफाइनल सम्भावना बलियो बनाउन बाँकी दुवै खेल जित्नुपर्नेछ।
११ भदौ, काठमाडौं । टप एन्ड टी-२० सिरिजमा आफ्नो पाँचौं खेल खेलिरहेको नेपाललाई किङ्समेनको टोलीले बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको किङ्समेनले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाउँदै १९८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
किङ्समेनका लागि शेहान जयसूर्याले सर्वाधिक ६७ रन बनाए । शयान जहाङ्गिरले २७, हम्माद आजमले २६, मिलिन्द कुमारले २५, तयाब आरिफले २२ रन बनाए ।
नेपालका लागि नारायण जोशीले २ विकेट लिए भने राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले १-१ विकेट लिए ।
नेपालले यसअघि चार खेल खेल्दा २ जित र २ हारको नतिजा निकालेको छ । यसपछि नेपालले १ खेल खेल्न बाँकी छ ।
सेमिफाइनल सम्भावना बलियो बनाउन नेपाललाई आजको सहित दुवै खेल जित्नुपर्नेछ ।
प्रतिक्रिया 4