+

रसुवा बाढी : भरतपुर अस्पतालमा ३७ सग्लो शव र २७ अंगहरू

२०८३ भदौ  ११ गते १५:५१ २०८३ भदौ ११ गते १५:५१
रसुवा बाढी : भरतपुर अस्पतालमा ३७ सग्लो शव र २७ अंगहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भरतपुर अस्पतालमा बिहीबार दिउँसो ३ बजेसम्म बाढीले बगाएर ल्याएका ३७ सग्ला शव र २७ अंग राखिएको अस्पतालले जनाएको छ।
  • अस्पतालको पोस्मार्टम घरमा २४ शव मात्र अट्ने क्षमता भएकाले शव राख्न समस्या भएको छ ।

११ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका २७० जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चितवन जिल्लामा मात्रै १०८ शव भेटिएका छन् ।

जिल्लाका सबै अस्पताल र उद्योग वाणिज्य संघको परिसरमा समेत शव राखिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।

कुन ठाउँमा कति शव छ भन्ने बारेमा अहिल पूरा जानकारी नरहेको शर्माले बताए ।

भरतपुर अस्पताल भरियो

बिहीबार दिउँसो ३ बजेसम्म भरतपुर अस्पतालमा बाढीले बगाएर ल्याएका ३७ सग्ला शव रहेको अस्पतालका प्रवक्ता डा‍. राम प्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार कसैको हात, कसैको खुट्टा, कसैको टाउको गरेर २७ अंगहरू पनि अस्पतालमा छन् ।

सग्ला शवमा १३ महिला, १९ पुरुष, ४ बालक, १ बालिका छन् । अहिले शवको मुचुल्का उठाउने काम भइरहेको डा.सापकोटाले जानकारी दिए ।

अस्पतालमा शव राख्न समस्या भइरहेको उनले बताए । डा.सापकोटाका अनुसार पोस्मार्टम घरको क्षमता २४ शव राख्ने मात्रै छ । त्यसमा अस्पतालमा १७ वटा शव यसअघि नै थिए । बल्लतल्ल व्यवस्थापन गरिएको उनले सुनाए ।

उद्योग वाणिज्य परिसरमा ठाउँ बनाएर शव राख्ने व्यवस्था भइरहेको छ । मुचुल्का बनाएर साँझबाट शवहरूलाई त्यता स्थानान्तरण गर्ने तयारी भइरहेको सापकोटाले जानकारी दिए ।

भरतपुर अस्पताल रसुवा बाढी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय