+

बाढीबाट घाइतेलाई नेपाल रेडक्रस सोसाइटीले निःशुल्क रगत उपलब्ध गराउने

२०८३ भदौ  १४ गते ११:४० २०८३ भदौ १४ गते ११:४०
बाढीबाट घाइतेलाई नेपाल रेडक्रस सोसाइटीले निःशुल्क रगत उपलब्ध गराउने

१४ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी ले बाढीबाट घाइतेको उपचारका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

भदौ १० गते आएको बाढीबाट घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विशाल भण्डारीले जानकारी गराए ।

साथै, शव पहिचान भएका र आर्थिक समस्यामा रहेका परिवारलाई रेडक्रसले शव बोक्नका लागि व्यवस्था गरिदिने पनि अध्यक्ष भण्डारीले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार विभिन्न अस्पतालहरूमा २४२ जना उपचाररत छन् । हालसम्म ७३४ जनाको शव भेटिएको छ ।

नेपाल रेडक्रस सोसाइटी रगत रसुवा बाढी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय