+
+
Shares

एभरेस्ट बैंक र कर्मचारीद्वारा बाढी प्रभावितका लागि ३ करोड ११ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट बैंक र कर्मचारीले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ११ लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा जम्मा गरेका छन् ।
  • बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र कर्मचारीले ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा सहयोग गरेका छन् ।
  • बैंकका कर्मचारीले संकलन गरेका अत्यावश्यक राहत सामग्रीसमेत सम्बन्धित निकायलाई हस्तान्तरण गरेर बाढी प्रभावित क्षेत्रमा पठाइएको छ ।

१७ भदौ, काठमाडौं । एभरेस्ट बैंक र बैंकका कर्मचारीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ३ करोड ११ लाख ५४ हजार रुपैयाँ सहयोग गरेका छन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ तथा कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको जनाएको छ ।

नगद सहयोगसँगै बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीसमेत बाढी प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक तथा भौतिक सहयोग गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?