+
+
Shares

वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा वडा सदस्य पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते ७:३७
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य ३१ वर्षीय सन्तोष थापा मगर पक्राउ परेका छन् ।
  • मंगलबार दिउँसो १ बजे वडा कार्यालय परिसरमा वडाध्यक्ष वस्तीको शरीरमा मोबिल छ्याप्ने कार्यमा थापा मगर संलग्न रहेको प्रहरीले जनाएको छ ।
  • थापा मगरलाई १७ भदौमा स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१८ भदौ, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन् ।

मंगलबार दिउँसो १ बजे चापाकोट–१ को वडा कार्यालय परिसरमा वडाध्यक्ष वस्तीको शरीरमा मोबिल छ्याप्ने कार्यमा संलग्न रहेको आरोपमा ३१ वर्षीय थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

पक्राउ परेका थापा मगर सोही वडाका वडा सदस्य समेत हुन् ।

उनलाई १७ भदौमा स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको डीएसपी अवस्थीले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्नता र घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?