+
+
Shares

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढी उपमहानगरपालिका–४ घरेलु चोकबाट स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित भारतको पञ्जाब, पटियालाका १८ वर्षीय अर्मिन्द्र सिंह पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शङ्कास्पद अवस्थामा हिँडिरहेका सिंहको खानतलासी गर्दा भारतीय ५०० दरका एक हजार नोट बरामद गरिएको हो।
  • बरामद रकमसहित सिंहविरुद्ध नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

१८ भदौ, सुदूरपश्चिम । स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका–४ स्थित घरेलु चोकबाट भारतको पञ्जाब, पटियाला बस्ने १८ वर्षीय अर्मिन्द्र सिंहलाई पक्राउ गरिएको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेको भेटिएपछि खानतलासी गर्दा निजको साथबाट भारतीय ५०० दरका नोट एक हजार थान बरामद गरिएको बताए।

बरामद रकमसहित सिंहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?