+

भारत र जापानबीच ऐतिहासिक टी-२०आई खेल हुने

२०८३ भदौ  १९ गते १७:४८ २०८३ भदौ १९ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत र जापान पुरुष क्रिकेट टोलीबीच सेप्टेम्बर २२ मा तोचिगी प्रिफेक्चरमा पहिलो अन्तर्राष्ट्रिय टी–२० खेल हुने भएको छ ।
  • बीसीसीआईले यो खेललाई भारत–जापान कूटनीतिक सम्बन्धको ७५औं वार्षिकोत्सवको औपचारिक सुरुवात भनेको छ ।
  • ‘स्पोर्ट ७५’ पहलअन्तर्गत हुने कार्यक्रमले जनस्तरको आदानप्रदान र पूर्वी एसियामा क्रिकेट विस्तार गर्ने उद्देश्य राखेको छ ।

१९ भदौ, काठमाडौं । भारत र जापान पुरुष क्रिकेट टोलीबीच पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेल हुने भएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सेप्टेम्बर २२ मा जापानको तोचिगी प्रिफेक्चरस्थित सानो अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी–२० अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरेको हो ।

यो खेल भारत–जापान कूटनीतिक सम्बन्धको ७५औं वार्षिकोत्सवको औपचारिक सुरुवातका रूपमा आयोजना हुन लागेको हो । बीसीसीआईका अनुसार ‘स्पोर्ट ७५’ पहलअन्तर्गत हुने यो पहिलो कार्यक्रम दुवै देशबीच खेलकुदमार्फत जनस्तरको आदानप्रदान र सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

बीसीसीआई सचिव देवजित सकियाले भारत र जापानबीचको मित्रतालाई क्रिकेटमार्फत थप मजबुत बनाउने यो ऐतिहासिक अवसर भएको बताएका छन् । उनका अनुसार यस खेलले जापान र पूर्वी एसियामा क्रिकेटलाई नयाँ दर्शकमाझ पुर्‍याउने महत्वपूर्ण अवसरसमेत प्रदान गर्नेछ ।

‘स्पोर्ट ७५’ पहल जापानका प्रधानमन्त्री सानाए ताकाइची र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुसार सुरु गरिएको कार्यक्रम हो । भारतले सन् २०३६ को ओलम्पिक तथा पारालिम्पिक आयोजना गर्ने महत्वाकांक्षालाई पनि यस पहलसँग जोडिएको बीसीसीआईले जनाएको छ ।

-क्रिकबजबाट

भारतीय क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय