+
+
Shares

धादिङका बाढीपीडितलाई इजरायली सहयोग

भीषण बाढीबाट प्रभावित गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीका बासिन्दालाई दूतावासले राहत सामग्री हस्तान्तरण गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली दूतावासले धादिङको गल्छी गाउँपालिका-६ बैरेनीका बाढीपीडितलाई आपत्कालीन मानवीय सहायता र राहत सामग्री हस्तान्तरण गरेको छ।
  • मिसनकी डेपुटी चिफ जानान बेबारले बाढी प्रभावित क्षेत्रको भ्रमण गरी तत्काल समस्यामा परेका व्यक्ति र परिवारलाई गो-ब्याग तथा उपभोग्य सामग्री दिएकी छिन्।
  • राजदूत श्मुलिक एरी बासले “इजरायल यो कठिन समयमा नेपाली जनताको साथमा छ।” भन्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

१९ भदौ, काठमाडौं । इजरायली दूतावासले धादिङका बाढीपीडित समुदायलाई आपत्कालीन मानवीय सहायता प्रदान गरेको छ। भीषण बाढीबाट प्रभावित गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीका बासिन्दालाई दूतावासले राहत सामग्री हस्तान्तरण गरेको हो।

मिसनकी डेपुटी चिफ जानान बेबारले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेकी छिन्। उनले बाढीका कारण तत्काल समस्यामा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्न गो-ब्याग र उपभोग्य सामग्रीहरू हस्तान्तरण गरिन्।

यो सहयोग दूतावासको पहिलो चरणको आपत्कालीन राहत कार्यक्रम हो। इजरायली दूतावासले वास्तविक ग्राउण्डको आवश्यकता मूल्याङ्कन गर्न सम्बन्धित नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ। आवश्यकता पहिचान भए अनुसार आगामी दिनहरूमा थप सहयोग प्रदान गरिनेछ।

नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले भने, ‘इजरायल यो कठिन समयमा नेपाली जनताको साथमा छ। हाम्रो विचार बाढीबाट प्रभावित सबैसँग छ। यो प्रारम्भिक सहयोगले प्रभावित समुदायलाई केही तत्काल राहत प्रदान गर्नेछ भन्ने हामीले आशा गरेका छौँ। सङ्कटको सामना गरिरहेको नेपाललाई सहयोग गर्न इजरायल प्रतिबद्ध छ।’

इजरायली दूतावासले प्रभावित समुदायका साथै उद्धार र राहतमा खटिएका नेपाली अधिकारी, उद्धारकर्मी र स्वयंसेवकहरूप्रति ऐक्यबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?