News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट चण्डिका श्रेष्ठको उद्धार गरेर थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।
- नेपाली सेनाले अपर त्रिशूली–१ बाट एक चिनियाँ नागरिक र त्रिशूली–३ ए को सुरुङबाट दुई जनाको उद्धार गरेको छ ।
- बाढीले रसुवा गढीदेखि धादिङको गलौंदीसम्मका घरमा क्षति पुर्याएको र भित्र मानिस च्यापिएका हुनसक्ने देखिएको छ ।
२० भदौ, काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट उद्धार भएकी महिलालाई काठमाडौं ल्याइँदैछ ।
सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार, बिदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डिकाको उद्धार गरिएको हो ।
उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको सशस्त्रका प्रवक्ता कार्कीले जनाए ।
यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।
त्यस्तै, हिजो त्रिशूली–३ ए को सुरुङबाट पनि २ जनाको उद्धार गरिएको थियो ।
सुरुङमा मात्र मानिसहरू फसिरहेको कुरा आइरहेका बेला शनिबार बाढीले बगाएका घरका संरचनाहरूभित्र पनि मानिस फसेको हुनसक्ने तथ्य बाहिर आएको छ ।
आज बाढीले क्षति पुर्याएको घरबाट चण्डिका श्रेष्ठको जिवित उद्धार भएपछि अन्यत्र पनि यस्तो हुनसक्ने देखिएको छ ।
बाढीका कारण रसुवा गढीदेखि धादिङको गलौंदी सम्मका घरहरूमा क्षति पुगेको छ । धेरै बस्तीका घरहरू पुरिएका छन् कति घरहरू बाढीले पल्टाएको छ ।
यस्ता घरहरूमा पनि मानिसहरू च्यापिएका हुनसक्ने देखिएको छ ।
प्रतिक्रिया 4