News Summary
Generated by OK AI. Editorially reviewed.- अनमोल केसी स्टारर २०८४ मा छायांकन हुने ‘फर्की फर्की : बियोन्ड टाइम’ को दोस्रो श्रृंखला बन्ने पक्का भएको छ।
- निर्माता रोहित अधिकारीले शीर्ष भूमिकामा केसीलाई निरन्तरता दिँदै रोहित अधिकारी फिल्म्स प्रालिको ब्यानरमा फिल्म निर्माण गर्ने घोषणा गरेका छन्।
- यसअघि ‘फर्की फर्की’ व्यवसायिक र समीक्षात्मक दुवै पक्षमा सफल भएको थियो।
काठमाडौं । अनमोल केसी स्टारर सन् २०२४ को फिल्म ‘फर्की फर्की’ व्यवसायिक र समीक्षात्मक दुबै पक्षमा सफल थियो । यो फिल्मले त्यतिबेला केसीको करिअरलाई राहत दिएको थियो ।
‘सोसल ड्रामा’ फिल्मको बाढी आइरहँदा निर्देशक सुयोग गुरुङले साइन्स फिक्सन अवधारणामा फिल्म बनाएर दर्शकको मन जितेका थिए । निर्माताले त्यतिबेलै दोस्रो श्रृंखला ल्याउने घोषणा पनि गरिसकेका थिए ।
अब भने यो फिल्मको दोस्रो श्रृंखला बन्ने पक्का भएको छ । निर्माताले शीर्ष भूमिकामा केसीलाई निरन्तरता दिँदै दोस्रो श्रृंखला ‘फर्की फर्की ः बियोन्ड टाइम’ बनाउने घोषणा गरेका छन् ।
निर्माता रोहित अधिकारीले उपलब्ध गराएको विवरण र तस्वीर हेर्दा यो फिल्ममा केही दिनअघि अभिनेता केसी अनुबन्धित भैसकेका छन् । २०८४ सालमा छायांकनमा जाने तयारीमा रहेको यो फिल्म रोहित अधिकारी फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो भने शोभा ढकाल निर्मात्री हुनेछिन् ।
कार्यकारी निर्मातामा सुुरज बम हुनेछन् । यो फिल्मका निर्माताले नयाँ निर्देशक र शीर्ष भूमिकामा पल शाहलाई लिएर अर्को एक प्रोजेक्ट निर्माण गर्ने तयारीमा छन् ।
प्रतिक्रिया 4