+
+
Shares

हर्क साम्पाङले इतिहास बनाइसक्नुभयो, उहाँको विचार अमर रहन्छ : सांसद राई

‘आजै हर्क साम्पाङ मरे पनि त्यो श्रम संस्कृति पार्कहरू मर्ने छैन । त्यो धरानको खानेपानीहरूले सम्झिरहनेछन् । त्यहाँको जनताको मनमस्तिष्कमा बसिसकेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १५:४५

२१ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले पार्टी अध्यक्ष हर्कराज राई(साम्पाङ)को विचार अमर भइसकेको टिप्पणी गरेका छन् । आइतबार श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हर्क साम्पाङले त आफ्नो इतिहास बनाइसक्नुभयो,’ सांसद राईले भने, ‘आजै हर्क साम्पाङ मरे पनि त्यो श्रम संस्कृति पार्कहरू मर्ने छैन । त्यो धरानको खानेपानीहरूले सम्झिरहनेछन् । त्यहाँको जनताको मनमस्तिष्कमा बसिसकेको छ ।’

जबसम्म दुम्लिङको पुल भाँचिदैन्, तबसम्म हर्क साम्पाङ बाँचिरहने उनले बताए । ‘उहाँको विचार अमर रहिरहने छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?