+
+
Shares

उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो

‘अहिले पनि कुशासनै कायम छ । आज देश आर्थिक संकटमा परेको छ’, उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते २०:२१

२२ भदौ, बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा सरकारमा आएपछि सुशासन हराएको आरोप लगाएका छन् ।

भैरहवामा सोमबार जसपा नेपालको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले रास्वपा सरकारमा आएयता  भ्रष्टाचार र कमिशनतन्त्रको शैली मात्र फेरिएको टिप्पणी गरेका छन् ।

‘निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन् । तर, नयाँ शैलीमा नारा बनाइयो । रास्वपाले बहुमत पायो,’ अध्यक्ष यादवले भने, ‘तर, बहुमत पाइसकेपछि विकास र सुशासन हरायो ।’

जनताले अहिले पनि सुशासन नपाएको उनले टिप्पणी गरे । ‘अहिले पनि कुशासनै कायम छ । आज देश आर्थिक संकटमा परेको छ’, उनले भने ।

अध्यक्ष यादवले गरिब जनतामाथि करको भार थपिएको, कृषि, उद्योग र पर्यटन क्षेत्र खस्कँदै गएको र देश आर्थिक मन्दीको जोखिममा परेको बताए ।

विगतमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको पछाडि लागेर सत्ताको खेलमा सहभागी हुनु नै  आफ्नो पार्टीको ठूलो गल्ती भएको उनले बताए ।

उनले भने, ‘त्यसको आत्मसमीक्षा गरी प्रदेश सांसदसहित २१ जनालाई कारबाही गरिएको हो ।’

अर्को प्रशंगमा उनले विकसित र शक्तिशाली राष्ट्रहरूले गरेको वातावरणीय प्रदूषणका कारण नेपाल जलवायु संकटको ठूलो जोखिममा परेको बताए । विकसित मुलुकहरूले उत्सर्जन गरेको कार्बनडाइअक्साइड र हरितगृह ग्यासका कारण हिमनदी पग्लिने दर बढेको र वातावरणीय सन्तुलन बिग्रिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?