+
+
Shares

ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी : स्वास्थ्य शाखाका कर्मचारीसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते ९:४२

२३ भदौ, हुम्ला । ताँजाकोट गाउँपालिका-३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालको संयोजकत्वमा गठित छानबिन समितिले यही भदौ ७ गते राति करिब १ बजे भएको आगलागीको घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताए ।

उनका अनुसार घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ताँजाकोट गाउँपालिका-४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी करिब ४५ वर्षीय धनराज ढकाल घटनामा संलग्न देखिएपछि पक्राउ गरिएको सूचना अधिकारी ढकालले बताए ।

पक्राउ परेका दुवै जनालाई कानुन बमोजिम हुम्ला जिल्ला अदालतमा उपस्थित गराई अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेका र आगलागीको वास्तविक कारण तथा घटनामा उनीहरूको संलग्नतासम्बन्धी थप तथ्य अनुसन्धान पूरा भएपछि खुल्ने प्रहरीले जनाएको छ ।

आगलागीबाट जिन्सी शाखामा राखिएको काठको र्‍याग चारवटा, सुत्ने खाट एउटा, टेबल एउटा, सोलारको ब्याट्री एकसहित आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्मका कागजातहरु जलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?