News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले सान्टियागो बर्नाबेउमा इन्टर मिलानलाई २–१ ले हराउँदै युरोपेली च्याम्पियन्स लिग २०२६-२७ मा विजयी सुरुवात गरेको छ।
- म्यानचेष्टर सिटीले पोर्टोलाई २–० ले पराजित गर्दा एर्लिङ हालान्डले दोस्रो हाफमा दुवै गोल गरेका छन्।
- अन्य खेलमा एस्टन भिल्ला, बोरुसिया डर्टमुन्ड र रियल बेटिसले आ-आफ्ना खेल ३–२ ले जितेका छन्।
काठमाडौं । स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले युरोपेली च्याम्पियन्स लिग २०२६-२७ मा विजयी सुरुवात गरेका छन् ।
रियलले घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई २–१ ले पराजित गरेको हो ।
किलियन एमबाप्पेले १४औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । च्याम्पियन्स लिगमा एमबाप्पेको यो ७१औं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा रियलकै पूर्व खेलाडी राहुलसँगै संयुक्त रुपमा पाँचौ स्थानमा छ । त्यसपछि फेडरिको भाल्भेरडेले २३औं मिनेटमा गोल गरे ।
इन्टरका लागि कार्लोस अगस्टोले ७७औं मिनेटमा एक गोल फर्काए ।
यस्तैम्यानचेस्टर सिटीले पोर्चुगिज क्लब पोर्टोलाई २–० ले हरायो । सिटीका लागि एर्लिङ हालान्डले दुवै गोल दोस्रो हाफमा गरे । उनले ४७औं र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे ।
अन्य खेलमा एस्टन भिल्लाले क्लब ब्रुगलाई ३–२ ले हरायो भने जर्मन क्लब बोरुसिया डर्टमुन्डले पनि भिल्लारियलमाथि ३–२ ले नै पराजित गर्यो । रियल बेटिसले पनि दस खेलाडीमा सीमित लिललाई ३–२ कै नतिजामा हरायो ।
प्रतिक्रिया 4