+
+
Shares

प्रधानमन्त्रीलाई शहीदकी आमाको प्रश्न– एक वर्षपछि श्रद्धाञ्जली आयो, न्याय कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद रचना खतिवडा खत्रीले प्रतिनिधिसभामा बोल्दै जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरिन् ।
  • उनले जेनजी शहीदको स्मृति सभामा बोलाउँदा पनि सरकार नआएको र बिहान ७ बजेदेखि आग्रह गर्दा बेलुकी ७ बजे मात्र स्टाटस आएको बताइन् ।
  • खतिवडाले शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ भन्दै दुई प्रश्न राखिन् ।

२४ भदौ, काठमाडौं । रास्वपा सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

उनले हिजो (मंगलबार) जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा बोलाउँदा पनि नआएको भन्दै आपत्ति जनाइन् । निमन्त्रणा दिएर आउन, बोल्न आग्रह गरेको पनि उल्लेख गरिन् । बिहान ७ बजेदेखि आग्रह गर्दा पनि साँझ ७ बजेमात्रै स्टाटस आएको भन्दै उनले आपत्ति जनाइन् ।

‘जेनजी आन्दोलन भएको एक वर्ष भयो । जेनजी शहीदले देशले शहीद पायो, एक दिन बिदा पायो,’ उनले भने, ‘निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त बोलिदिनुस्, जेनजी शहीदको नाममा केही त लेखिदिनुस् भनेर बिहान ७ बजेबाट भन्दा भन्दा बेलुकी ७ बजे स्टाटस त आयो । अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली ।’

उनले सोही प्रसंगमा सरकारलाई थप दुई प्रश्न गरेकी छिन् ।

‘अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ? शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?,’ उनले भने ।

सांसद खतिवडाले गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनका २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी थिइन् ।

रचना रास्वपाको समानुपातिक तर्फबाट सांसदमा मनोनीत भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?