News Summary
Generated by OK AI. Editorially reviewed.- अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिगमा खप्तड फाल्कन्स सुदूरपश्चिमलाई २५-१५, २५-१५, २९-२७ ले हराएर लगातार तेस्रो जित दर्ता गरेको छ।
- अन्नपूर्ण ४ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा उक्लेको छ र फाइनल पुग्ने सम्भावना कायम राखेको छ।
- खप्तड फाल्कन्सको यो लगातार चौथो हार हो, र उसले अन्तिम लिग खेल बिहीबार काठमाडौं रेड्ससँग खेल्नेछ।
२४ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार तेस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको खेलमा अन्नपूर्णले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गरेको हो ।
अन्नपूर्णले खप्तडलाई २५-१५, २५-१५,२९-२७ ले हरायो । सुरुवाती दसई सेट अन्नपूर्णले एकपक्षीय रूपमा आफ्नो पक्षमा पारेको थियो ।
तेस्रो सेटमा खप्तडले केही चुनाैती दिएपनि अन्नपूर्णले टाईब्रेकमा आफ्नो पक्षमा पारेको हो ।
लगातार ३ खेल जितेको अन्नपूर्ण ४ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो ।
पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्णले त्यसपछि काठमाडौं रेड्स, मधेश वारियर्सलाई पराजित गरेको थियो ।
अन्नपूर्णले यो जितपछि शीर्ष स्थानमा रहेर फाइनल पुग्ने सम्भावना पनि कायम राखेको छ ।
अन्नपूर्णले अब बिहीबार लिग चरणको अन्तिम खेल सगरमाथा स्म्यासर्ससँग खेल्नेछ ।
खप्तडको भने यो लगातार चाैथो हार हो र खप्तडले अब लिगको अन्तिम खेल बिहीबार काठमाडौं रेड्ससँग खेल्नेछ ।
आजै दोस्रो खेलमा कर्णाली शिवराज र काठमाडौं रेड्सबीच प्रतिस्पर्धा हुनेछ ।
तस्वीरहरू : विकास श्रेष्ठ







प्रतिक्रिया 4