News Summary
Generated by OK AI. Editorially reviewed.- एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई हराएर नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ ।
- फाइनल पुग्ने दुई टोलीसँगै तेस्रो हुने टोली पनि इमर्जिङ एसिया कपमा छनोट हुने प्रावधान छ ।
- एसिया कपमा छनोट हुन नेपालले शनिबार हुने फाइनलमा यूएईलाई हराउनुपर्ने हुन्छ ।
२६ भदौ, काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ ।
बिहीबार भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको हो ।
प्रिमियर कपको फाइनल पुग्ने दुई टोलीसँगै तेस्रो हुने टोली पनि इमर्जिङ एसिया कपमा छनोट हुने प्रावधान छ ।
एसिया कपमा छनोट हुनका लागि भने प्रतियोगिताको फाइनल जित्नुपर्ने हुन्छ ।
फाइनलमा नेपाल र यूएई खेल्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।
प्रतिक्रिया 4