News Summary
Generated by OK AI. Editorially reviewed.- नासा र आईबीएमले चन्द्रमाका दशकौंका अवलोकन डेटा विश्लेषण गर्न ‘नासा-आईबीएम लुनार फाउन्डेसन मोडेल’ नामक ओपन-सोर्स एआई मोडेल सार्वजनिक गरेका छन् ।
- यो मोडेलले चन्द्रमाको छायाँमा बरफको सम्भावना, सुरक्षित अवतरण स्थल र ज्वालामुखीय संरचनाको अध्ययनमा अनुसन्धानकर्तालाई मद्दत गर्नेछ ।
- नासा र आईबीएमका अनुसार परीक्षणमा यो मोडेलले चन्द्र सतहका मुख्य विशेषता पहिचान गर्न अन्य विधिभन्दा २३ प्रतिशतसम्म छिटो काम गरेको छ ।
२६ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमासम्बन्धी दशकौंको अवलोकन डेटा विश्लेषण गर्न र चन्द्रमामा दीर्घकालीन मानव उपस्थितिको योजनालाई सघाउ पुर्याउन नयाँ ओपन-सोर्स एआई मोडेल सार्वजनिक गरेको छ ।
नासा र आईबीएमको संयुक्त प्रयासमा तयार यो ‘नासा-आईबीएम लुनार फाउन्डेसन मोडेल’ सार्वजनिक रूपमा उपलब्ध एआई उपकरण हो । याे नासाका अघिल्ला अभियानहरूमा नौवटा उपकरणले सङ्कलन गरेको ३० भन्दा बढी तहका डेटाबाट तालिमप्राप्त छ ।
यसमा लुनार रिकनिसन्स अर्बिटर (एलआरओ) बाट प्राप्त डेटा पनि समावेश छ ।
यो मोडेल आईबीएम र नासाकै ‘प्रिथ्वी’ श्रृंखलाका ओपन फाउन्डेसन मोडेलहरूकै समकक्षमा रहनेछ, जसले जियोस्पेसियल, मौसम लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।
नयाँ मोडेलले अनुसन्धानकर्ताहरूलाई चन्द्रमाको सधैँ छायामा पर्ने भागहरुमा सम्भावित बरफ रहेकाे वा नरहेकाे पत्ता लगाउन, सुरक्षित अवतरण स्थलका लागि खाल्डाहरूको नक्सांकन गर्न र ज्वालामुखीय संरचनाहरू अध्ययन गर्न मद्दत गर्नेछ ।
परम्परागत रूपमा यी कामका लागि वैज्ञानिकहरूले नक्सा र तस्बिरहरू म्यानुअल रूपमा हेर्नुपर्ने वा कम रिजोल्युसनका मेसिन लर्निङ उपकरणहरूमा भर पर्नुपर्ने बाध्यता थियो ।
नासा र आईबीएमका अनुसार टेस्टिङ फेजका परीक्षणमा यो मोडेलले अन्य प्रचलित विधिहरूभन्दा चन्द्र सतहका मुख्य विशेषताहरू पहिचान गर्न २३ प्रतिशतसम्म बढी छिटो र सर्टकट देखाएको छ ।
चन्द्रमामा बरफको उपस्थितिले पानी र अक्सिजनको सम्भावना देखाउने भएकाले अन्तरिक्ष एजेन्सीहरूको यसमा विशेष चासो रहँदै आएको छ ।
भविष्यमा चन्द्रमामा बनाउने स्थायी बेस वा स्टेसन निर्माण र मंगल ग्रहतर्फका अभियानका लागि रकेट इन्धन उत्पादनमा समेत यी स्रोतहरू अत्यावश्यक मानिन्छन् ।
नासाको आर्टेमिस कार्यक्रमअन्तर्गत सन् २०२६-२०२७ मा अन्तरिक्षयात्रीहरूलाई पुनः चन्द्रमामा पुर्याउने योजना रहेको छ, जसले दीर्घकालीन चन्द्र उपस्थिति र भावी मंगल अभियानका लागि नयाँ प्रविधिहरू परीक्षण गर्नेछ ।
यो मोडेल हगिङ फेस प्लेटफर्ममा निःशुल्क उपलब्ध छ र कोड गिटहबमा पनि राखिएको छ । यसका लागि अध्ययन गर्न पनि यी माेडलले सघाउने बताइएकाे छ ।
प्रतिक्रिया 4