२७ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेशलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
कैलाली उद्योग वाणिज्य सङ्घको ५२औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।
उनले प्रदेशमा रहेका सम्भावना र स्रोतसाधनको उपयोग गर्दै उद्योग तथा व्यवसायको विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । आफू भर्खरै सरकारको नेतृत्वमा आएको र अहिले बजेट निर्माणको चरणमा रहेकाले निजी क्षेत्रसँग सहकार्य गरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने उनले भनाइ थियो ।
‘हाम्रो कार्यकाल जति हुन्छ, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर काम गर्छौं,’ उनले भने । –रासस
प्रतिक्रिया 4