+
+
Shares

सानीभेरी दुर्घटना : मृतकको सनाखत, घाइतेको उद्धारका लागि हेलिकप्टर माग

गाउँपालिकाको मागअनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए ।

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ २८ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप सडकबाट करिब ५० मिटर तल खस्दा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • मृतकमध्ये त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १५–१६ वर्षीया प्रेमकला पुन रहेको प्रहरीले जनाएको छ ।
  • दुर्घटनामा ९ जना घाइते भएका छन्, जसमध्ये ३ देखि ४ जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत सुर्खेत लैजान माग गरिएको छ ।

२८ भदौ, सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १५–१६ वर्षीया प्रेमकला पुन रहेका छन् ।

कोटगाउँबाट सानीभेरी गाउँपालिकाकै सिम्ली आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा नौ जना घाइते भएका छन् । तीमध्ये तीनदेखि चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ । सानीभेरी गाउँपालिकाले घाइतेको उद्धारका लागि हेलिकप्टर उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्राचार गरेको छ ।

गाउँपालिकाको मागअनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए ।

सानीभेरीदेखि सुर्खेतसम्म हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्नुपर्ने अवस्था रहेकाले गाउँपालिकाले उद्धार खर्च व्यहोर्ने गरी तत्काल हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेको उनले बताए ।

दुर्घटनापछि स्थानीय, प्रहरीलगायतको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रशासनको सूचना :

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?