+
+
Shares

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माछापुच्छ्रे बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
  • बैंकको ५६४ औं सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
  • उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ ।

२८ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको सञ्चालक समितिको ५६४ औं बैठकले आफ्ना सेयरधनीलाई चूक्ता पूँजीको ६ प्रतिशत (कर सहित) लाभांश घोषणा गरेको हो ।

जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा, १९३ एटीएम मार्फत १८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?