+
+
Shares

यमनमा मानवीय संकट गहिरिँदै, ७६ हजार मानिस विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १५:३४

२८ भदौ, काठमाडौं । यसनमा सशस्त्र समूहबीचको संघर्ष चर्कँदै जाँदा मानवीय संकट गहिरिँदै गएको छ । द्वन्द्व चर्किँदा मानिसहरू विस्थापित हुने क्रम तीव्र छ ।

संयुक्त राष्ट्रसंघका अनुसार, जुलाईमा इरान समर्थित समूह हुथीले साउदी अरबको नौसैनिकविरुद्ध नाकाबन्दी घोषणा गरेयता मत्रै करिब ७६ हजार मानिस विस्थापित भइसकेका छन् ।

पछिल्लो एक सातामा मार्त्र विस्थापित मानिसको संख्या करिब चार गुणाले बढेको राष्ट्रसंघले जनाएको छ ।

सरकार समर्थित सेना र इरान समर्थित हुथी विद्रोहीबीच तीव्र बन्दै गएको भीडन्तका कारण ठूलो संख्यामा मानिस घर छाड्न बाध्य भएका छन् ।

बीबीसी फारसीको समाचारअनुसार अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जारी गरेको रिपोर्टमा पनि यमनमा तीव्र रूपमा मानिसहरू विस्थापित भइरहेकामा चिन्ता व्यक्त गरिएको छ ।

मानिसहरू सुरक्षित स्थान खोज्दै घर छाडेर अन्यत्र निस्किरहेका छन् । आईओएमका अनुसार विस्थापनका सबैभन्दा धेरै घटना यमनको पश्चिमी तटीय क्षेत्र र ताइज प्रान्तमा देखिएका छन् ।

रिपोर्टअनुसार ताइज प्रान्तका विभिन्न क्षेत्रमा करिब ८ हजार ३ सय परिवार विस्थापित भएका छन् । ती परिवारमा करिब ५० हजार मानिस रहेका छन् । –बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?