News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राइनोजले क्यानडाका पेस बलर कलिम सनालाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ ।
- सनाले क्यानडाका लागि टी-२०आईमा ४५ खेलमा ६५ विकेट र ओडीआईमा ३३ खेलमा ५१ विकेट लिएका छन् ।
- चितवनले यसअघि रवि बोपारालाई तेस्रो सिजन र सिकन्दर राजालाई पनि अनुबन्ध गरिसकेको छ ।
२८ भदौ, काठमाडौं । क्यानडाका पेस बलर कलिम सनाले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् ।
चितवनले सामाजिक सञ्जालमार्फत सनालाई अनुबन्ध गरेको जानकारी दिएको हो । सना क्यानडा क्रिकेट टिमका मुख्य पेस बलर हुन् ।
सनाले क्यानडाका लागि टी-२०आईमा ४५ खेल खेल्दा ६५ विकेट लिएका छन् । ओडीआईमा ३३ खेलमा ५१ विकेट लिएका छन् ।
समग्र टी-२० मा सनाले ४९ खेलमा ६९ विकेट लिएका छन् । उनले ग्लोबल टी-२० लिग क्यानडा, पाकिस्तान सुपर लिग, आईएल टी-२० जस्ता फ्रेन्चाइज लिग खेलेका छन् ।
चितवनले यसअघि इंग्ल्यान्डका रवि बोपारालाई लगातार तेस्रो सिजन अनुबन्ध गर्दा जिम्बाबेका स्टार अलराउन्डर सिकन्दर राजालाई तेस्रो सिजनका लागि अनुबन्ध गरिसकेको छ ।
यसअघि दुई सिजन खेलेका सोहेल तनविर भने यसपटक प्रशिक्षकका रूपमा छन् ।
प्रतिक्रिया 4