News Summary
Generated by OK AI. Editorially reviewed.- ट्राभिस हेडको ११२ रनमा अस्ट्रेलियाले जिम्बाबेलाई दोस्रो ओडीआईमा ८४ रनले हराउँदै तीन खेलको शृङ्खला २–० ले जितेको छ।
- हरारेमा अस्ट्रेलियाले ६ विकेटमा ३५६ रन बनाएको थियो, जसमा मिच मार्शले ५३ र कुपर कोनोलीले ७८ रन जोडे।
- जिम्बाबे ३५७ रनको लक्ष्य पछ्याउँदै ४८.३ ओभरमा २७२ रनमै सीमित भयो, कप्तान सिकन्दर रजाले सर्वाधिक ४५ रन बनाए।
२ असोज, काठमाडौं । ट्राभिस हेडको विस्फोटक शतकमा अस्ट्रेलियाले जिम्बाबेलाई दोस्रो ओडीआईमा पनि पराजित गर्दै तीन खेलको शृङ्खला एक खेलअघि नै आफ्नो पक्षमा पारेको छ ।
हरारेमा शुक्रबार भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया ८४ रनले विजयी भयो । अस्ट्रेलियाले दिएको ३५७ रनको लक्ष्य पछ्याएको जिम्बाबे ४८.३ ओभरमा २७२ रनमै समेटियो ।
कप्तान सिकन्दर रजाले सर्वाधिक ४५ रन बनाउँदा ब्रेन्डन टेलरले ३९, क्रेग एर्भिनले ३८, इनोसेन्ट कायाले ३४ र बेन करनले ३० रनको योगदान दिए ।
अस्ट्रेलियाका लागि जोश हेजलवुड, म्याथ्यु रेन्शा, कुपर कोनोली र एडम जाम्पाले समान २–२ विकेट लिए भने नेथन एलिस र ओलिभर पिकले १–१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३५६ रनको विशाल योगफल बनायो ।
हेडले ८४ बलमा १५ चौका र ३ छक्कासहित ११२ रन बनाए भने कप्तान मिच मार्शले ५३ र कुपर कोनोलीले ७८ रन जोडे । अन्तिम ओभरहरूमा २० वर्षीय ओलिभर पिकले १८ बलमा अविजित ४१ रन बनाउँदै टोलीलाई बलियो स्कोरमा पुर्याए ।
यो जितसँगै अस्ट्रेलियाले तीन खेलको शृङ्खलामा २–० को अग्रता बनाउँदै एक खेल बाँकी रहँदै शृङ्खला जितेको हो ।
तेस्रो तथा अन्तिम ओडीआई सोमबार हुनेछ ।
प्रतिक्रिया 4