+

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप हुने

२०८३ असोज  ३ गते १५:३३ २०८३ असोज ३ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको सिमरामा असोज १० देखि १७ सम्म अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ।
  • प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, एपीएफसहित ८ टोलीले भाग लिने संयोजक हरि चौधरीले जानकारी दिए।
  • विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र ट्रफी पाउनेछन् भने सिमरा रङ्गशालामा खेल फ्लडलाईटमा सञ्चालन हुनेछन्।

३ असोज, बारा । बाराको सिमरामा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको दोश्रो संस्करण यहि असोज १० गतेबाट शुरु हुने भएको छ ।

प्रतियोगिता आयोजक सिमरा भेट्रान्स क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो ।

१७ असोजसम्म चल्ने प्रतियोगिता तीन विभागिय सहित ८ टिमको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक हरि चौधरीले जानकारी दिए । प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, धरानको फेयर फुटबल क्लब, चितवनको बसन्तपुर युनाईटेड, दार्जिलिङको कुर्साङ गर्ल्स फुटबल क्लब, झारखण्डको स्टेट स्पोर्टस क्लब र आयोजक सिमरा भेट्रानले भाग लिनेछन् ।

सिमरा रङ्गशालाको फ्लडलाईटमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख ५० हजार रुपैया र ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको प्लयेर अफ दि टुर्नामेन्टलाई एकलाख तथा विधागत तर्फ उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगिताको आयोजनाका लागि जीतपुरसिमरा उपमहानगरपालिका सहित विभिन्न संघसंस्थाहरुको सहयोग रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाका तर्फबाट उपप्रमूख भोलाप्रसाद अधिकारी र वडाध्यक्ष चयन गुरुङ उपस्थित थिए ।

बारा सिमरा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय