+

एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने

२०८३ असोज  ३ गते १७:५० २०८३ असोज ३ गते १७:५०

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको छ ।
  • पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।

३ असोज, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । उक्त खेल कात्तिक ९ गते हुनेछ ।

कात्तिक २९ गतेसम्म लिग चरणका खेलहरु हुनेछ । मंसिर एक गते पहिलो क्वालिफायर खेल हुनेछ । २ गते इलिमिनेटर तथा ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।

एनपीएलका ३२ खेलमध्ये फाइनलसहित २० खेल फ्लडलाइटमा खेलाइनेछ ।

दाेस्राे संस्करणकाे एनपीएलकाे उपाधि लुम्बिनी लायन्सले जितेकाे थियाे ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय