News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको तोयोहाशी जिम्नेसियममा भएको २०औं एसियन गेम्स करातेको महिला कुमिते ६८ केजीमाथि एरिका गुरुङले जोर्डनकी यारा नासेरलाई ७-१ ले हराएर सेमिफाइनलमा प्रवेश गरिन्।
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
जापानको तोयोहाशी जिम्नेसियममा भएको महिला कुमिते ६८ केजीमाथिको तौल समूहको क्वार्टरफाइनल खेलमा जोर्डनकी यारा नासेरलाई ७-१ ले हराउँदै एरिका सेमिफाइनलमा प्रवेश गरेकी हु्न ।
एरिकाले अब फाइनल प्रवेशका लागि काजाकिस्तानकी बेरुल्त्सेभा सोफ्यासँग प्रतिस्पर्धा गर्नेछिन् ।
प्रतिक्रिया 4