+
२०औं एसियन गेम्स :

एसियन गेम्स : महिला उसु चाङछानमा नेपालकी सुस्मिता तामाङ १३औं

२०८३ असोज  ५ गते ८:२२ २०८३ असोज ५ गते ८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्सको महिला चाङछ्वानमा नेपालकी सुस्मिता तामाङले ९.५८० अंकसहित १६ मध्ये १३औं स्थान हासिल गरिन्।
  • आइची प्रिफेक्चुरल मार्सल आर्ट्स हलमा सम्पन्न फाइनलमा हङकङकी लिडिया हुई यु शामले ९.७१३ अंकसहित स्वर्ण जितिन्।
  • मकाउकी चो मानले ९.७१० अंकसहित र इन्डोनेसियाकी युजेनिया दिवा विडोडोले ९.७०६ अंकसहित क्रमशः रजत र कांस्य जितिन्।

५ असोज, काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला चाङछ्वान (Changquan) विधामा नेपालकी सुस्मिता तामाङ १३औं स्थानमा रहेर प्रतियोगिता टुङ्ग्याएकी छन् ।

आइची प्रिफेक्चुरल मार्सल आर्ट्स हलमा सम्पन्न फाइनलमा सुस्मिताले ९.५८० अंक प्राप्त गर्दै १६ प्रतिस्पर्धीमध्ये १३औं स्थान हासिल गरिन् ।

नेपाल उसु महासंघले सुस्मिताले प्राप्त गरेको अंक उत्कृष्ट भएको भन्दै बधाई दिएको छ ।

हङकङकी लिडिया हुई यु शाम ९.७१३ अंक सहित स्वर्ण जितिन् भने मकाउकी चो मान ९.७१० अंक सहित रजत र इन्डोनेसियाकी युजेनिया दिवा विडोडो ९.७०६ अंक सहित कांस्य पदक विजेता बनिन् ।

यसअघि आइतबार सम्पन्न महिला ताइजिच्वान तथा ताइजिजियान विधामा नेपालकी सविता राई १०औं स्थानमा रहेकी थिइन् ।

२०औं एसियन गेम्स एसियन गेम्स महिला उसु

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय