News Summary
Generated by OK AI. Editorially reviewed.- भुटानको राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को तयारीका लागि पोखरा आएर ४ अभ्यास खेल खेल्ने भएको छ।
- भुटानले ११ र १२ असोजमा गण्डकी प्रदेश क्रिकेट टोलीसँग दुई खेल खेल्नेछ भने १४ र १५ असोजमा क्यान–११ सँग दुई खेल खेल्नेछ।
- गण्डकी प्रादेशीक क्रिकेट संघले यो भ्रमणले पोखराको क्रिकेट विकास, खेल पर्यटन प्रवर्धन र अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्ने जनाएको छ।
५ असोज, काठमाडौं । भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा ४ अभ्यास खेल खेल्ने भएको छ ।
आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय टोली पोखरा आउने र त्यसक्रममा ४ अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशीक क्रिकेट संघले जनाएको छ ।
भुटानले गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट संघ (क्यान)–११ सँग दुईदुई अभ्यास खेल खेल्नेछ । पोखरा क्रिकेट मैदानमा भुटानले सुरुवाती दुई खेल गण्डकी प्रदेश टोलीसँग खेल्नेछ ।
उक्त खेलहरू ११ र १२ असोजमा हुनेछ । यस्तै तेस्रो र चौथो खेल क्यान–११ सँग हुनेछ । उक्त खेल १४ र १५ असोजमा हुने तालिका छ ।
यो भ्रमणले पोखराको क्रिकेट विकासमा टेवा पुर्याउनुका साथै खेल पर्यटन प्रवर्धन र पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न आधार तयार गर्ने अपेक्षा गरिएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ ५–१४ अक्टोबरमा मलेसियामा हुँदैछ । उक्त छनोटमा भुटानसहित ७ टिमको सहभागिता छ ।
प्रतिक्रिया 4