+
+
Shares
परराष्ट्रमन्त्री खनाल र ईयूकी कार्यकारी उपाध्यक्षबीच भेटवार्ता :

विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता

दुवै पक्षले नेपाल र ईयूबीचको साझेदारीका विविध आयाममा महत्वपूर्ण विचार आदानप्रदान गर्दै सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहोर्‍याएका मन्त्री खनालको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कमा युरोपेली संघकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग नेपाल–ईयू साझेदारीबारे भेटवार्ता गरेका छन् ।
  • भेटमा भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गरेको सन्देशप्रति मन्त्री खनालले कृतज्ञता व्यक्त गरेका थिए ।
  • दुवै पक्षले जलवायुजन्य विपद प्रभावित क्षेत्रको पुनरुत्थान, पुनःस्थापना र पुनर्निर्माणमा सहकार्य सुदृढ गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

६ असोज,काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा नेपाल-ईयू साझेदारीका विभिन्न पक्षमा छलफल भएको छ ।

भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिएको सन्देशप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

त्यस अवसरमा दुवै पक्षले नेपाल र ईयूबीचको साझेदारीका विविध आयाममा महत्वपूर्ण विचार आदानप्रदान गर्दै सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहोर्‍याएका मन्त्री खनालको सचिवालयले जनाएको छ ।

विशेषगरी, हालै नेपालमा जलवायु परिवर्तनको कारणबाट सिर्जित विपद प्रभावित क्षेत्रको पुनरुत्थान, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?