News Summary
Generated by OK AI. Editorially reviewed.- टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति १८ वर्षीय विमल साउदमाथि मोटरसाइकलमा आएका समूहले खुँडा प्रहार गरेको प्रहरीले जनाएको छ ।
- खुँडा प्रहारबाट साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ र उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
- प्रहरीले खुँडा प्रहार गर्ने व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र खोजी भइरहेको जनाएको छ ।
६ असोज, धनगढी । कैलालीमा एक युवकमाथि खुँडा प्रहार भएको छ ।
टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ बस्ने १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साउदलाई मोटरसाइकलमा आएको समूहले खुँडा प्रहार गरेको हो । खुँडा प्रहारबाट घाइते भएका साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
अवस्था भने खतरामुक्त रहेको छ । खुँडा प्रहार गर्ने व्यक्तिहरूको पहिचान भने खुल्न बाँकी छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4