+
+
Shares

चलचित्र विकास बोर्डको अध्यक्ष छनोट गर्न पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ।
  • समितिमा कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा सदस्य रहेका छन्।
  • मन्त्रालयले अध्यक्ष पदका लागि दरखास्त खुलाएको छ र भोलि बुधबार आवेदन दिने अन्तिम मिति हो।

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि सचिवको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा चलचित्र विकास बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा सदस्य रहेको समिति गठन भएको हो ।

मन्त्रीस्तरीय निर्णयबाट उक्त छनोट समिति गठन भएको मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौड्यालले जानकारी दिए । मन्त्रालयले अध्यक्ष पदका लागि दरखास्त आवेदन खुलाइसकेको छ । जसअनुसार भोलि बुधबार दरखास्त दिने अन्तिम मिति हो ।

प्राप्त आवेदनमध्येबाट समितिले सर्टलिस्ट तयार पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?