News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सको कराते टिम कातामा नेपाली टोली भियतनामसँग क्वार्टरफाइनलमा ५–० ले पराजित भएको छ ।
- सानुमाया थिङ, मेघा लिम्बु र अलिशा रास्कोटी मगरको टोली कास्य पदकका लागि भएको प्रतिस्पर्धामा पनि चाइनीज ताइपेइसँग ५–० ले हार्यो ।
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत कराते टिम कातामा पनि नेपाली टोली पराजित भएको छ ।
जापानको तोयोहाशी जिम्नेसियममा मंगलबार बिहान भएको टिम काता विधामा नेपालका सानुमाया थिङ, मेघा लिम्बु र अलिशा रास्कोटी मगरको जोडी भियतनामसँग पराजित हुन पुग्यो ।
क्वार्टरफाइलनमा भियतनामका न्गोक ट्राम गुएन, न्गोक नी बुई र थी थु उयेन होआङको जोडीसँग ५–० ले पराजित भए ।
त्यसपछि कास्य पदकको लागि भएको प्रतिस्पर्धामा उनीहरु चाइनीज ताइपेइका खेलाडीसँग पराजित हुन पुगे ।
ताइपेइका सिन–एर तिएन, चिन–सुआन हुङ र हुइ–सुआन चिएनको जोडीले नेपाली टोलीलाई ५–० ले पराजित गर्दै कास्य पदक हात पार्यो ।
प्रतिक्रिया 4