+

एसियन गेम्स महिला क्रिकेटमा भारतलाई स्वर्ण

२०८३ असोज  ६ गते १४:०४ २०८३ असोज ६ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्सको महिला क्रिकेट फाइनलमा भारतले श्रीलंकालाई १४७ रनले हराउँदै स्वर्ण जित्यो ।
  • भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाएर २१६ रन बनायो, जसमा स्मृति मन्धनाले ७९ रन बनाइन् ।
  • २१७ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.२ ओभरमा ६९ रनमै अलआउट भयो, जसमा चमारी अथापथुले सर्वाधिक २९ रन बनाइन् ।

६ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला क्रिकेटमा भारतले स्वर्ण जितेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा श्रीलंकालाई १४७ रनको फराकिलो हन्तरले हराउँदै भारतले २०औं एसियन गेम्सको पहिलो स्वर्ण पदक जितेको हो ।

भारतले यसअघि सन् २०२२ को एसियन गेम्स महिला क्रिकेटमा पनि स्वर्ण जितेको थियो ।

भारतले दिएको २१७ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.२ ओभरमा ६९ रनमै अलआउट भयो । कप्तान चमारी अथापथुले सर्वाधिक २९ रन बनाइन् । कौशनी नुथ्याङ्गनाले १४ रन बनाइन् ।

भारतका लागि दीप्ति शर्माले ३ विकेट लिँदा शेफाली वर्मा, श्रेयंका पाटिल र श्री चरणीले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २१६ रन बनाएको थियो ।

स्मृति मन्धनाले सर्वाधिक ७९ रन बनाइन् । रिचा घोशले अविजित ४९ रन बनाउँदा शेफाली वर्माले ४८ रन बनाइन् ।

श्रीलंकाका लागि सुगन्धिका कुमारी, कविशा दिलहारी र चमुदी प्रबोदाले १-१ विकेट लिए ।

२०औं एसियन गेम्स एसियन गेम्स महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय