+
+
Shares

बलात्कार कसुरमा १८ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सीआईबीले जेनजी आन्दोलनका बेला फरार भएका जबरजस्ती करणी मुद्दाका प्रतिवादी २६ वर्षीय आर्यन पुरीलाई मंगलबार पक्राउ गरेको छ ।
  • पुरीलाई १८ वर्ष कैद सजाय ठहर भई नख्खु कारागारमा कैद भुक्तान गरिरहेका बेला फरार भएको आरोपमा काभ्रेबाट पक्राउ गरिएको हो ।
  • उनीलाई कैद भुक्तानका लागि नख्खु कारागार पठाइएको छ ।

७ असोज, काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपालचोक पाँचपोखरी थाङ्पाल गाँउपालिका–७ बस्ने २६ वर्षीय आर्यन पुरी छन् ।  उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मंगलबार पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कारागार कार्यालय नख्खु ललितपुरमा कैद भुक्तान गरिरहेकोमा जेनजी आन्दोलनका बेला उनी फरार भएका थिए ।

काभ्रे मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेशीबाट पक्राउ उनलाई कैद भक्तानका लागि नख्खु कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?