+
+
Shares

नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई कलेज छाड्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगञ्जको नेशनल मेडिकल कलेजले प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन दिएको छ।
  • कलेजले शैक्षिक सत्र २०८२ का प्रथम वर्ष पीजी आवासीय चिकित्सकका कक्षा, क्लिनिकल पोस्टिङ, प्रशिक्षण र ड्युटी अर्को सूचना नआएसम्म स्थगित गरेको छ।
  • कलेजले छात्रावास, क्वार्टरलगायत आवासीय सुविधा १२ घण्टाभित्र खाली गरी कलेजका सामान बुझाउन पनि निर्देशन दिएको छ।

८ असोज, काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन दिएको छ ।

कलेजले आवासीय चिकित्सकको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटीसहितका सबै शैक्षिक गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएकाे छ ।

कलेजका प्रधानाचार्य र होटल सुपरिटेन्डेन्टले बिहीबार जारी गरेको सूचनामा हालको शैक्षिक तथा संस्थागत परिस्थितिलाई दृष्टिगत गर्दै शैक्षिक सत्र २०८२ का प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता बोलाइदिन चिकित्सा शाखा अध्ययन संस्थान (आईओएम) र त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोध गरिएको उल्लेख छ ।

कलेजले अर्को सूचना जारी नभएसम्म प्रथम वर्षका सबै पीजी आवासीय चिकित्सकको कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड/इमर्जेन्सी ड्युटी तथा अन्य सबै प्रशिक्षण गतिविधि स्थगित रहने जनाएको छ ।

सूचनामा आवासीय चिकित्सकलाई कलेजले उपलब्ध गराएको छात्रावासको कोठा, क्वार्टर वा अन्य आवासीय सुविधा सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र खाली गर्न निर्देशन दिइएको छ ।

उनीहरूले आफू जिम्मामा रहेको कलेजको कुनै पनि सम्पत्ति सम्बन्धित छात्रावास प्रशासन वा प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ ।

त्यसैगरी, आवासीय चिकित्सकले तोकिएको अवधिभित्र आवश्यक हस्तान्तरण प्रक्रिया पूरा गरी आवासीय परिसरबाट आफ्ना व्यक्तिगत सामानसमेत हटाउनुपर्ने कलेजको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?