+

एसियन गेम्स पुरुष क्रिकेट : हङकङमाथि मलेसियाको जित

२०८३ असोज  ८ गते १३:३४ २०८३ असोज ८ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको समूह बीमा मलेसियाले हङकङलाई ८ विकेटले पराजित गरेको छ।
  • ८२ रनको लक्ष्य मलेसियाले १२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो, मुहम्मद स्याहादत रामलीले ३६ र विरानदीप सिंहले ३२ रन बनाए।
  • हङकङले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनायो, जसमा शिव माथुरले सर्वाधिक २९ रन बनाए।

८ असोज, काठमाडौं । २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा मलेसियाले हङकङलाई पराजित गरेको छ ।

समूह ‘बी’ अन्तर्गतको खेलमा मलेसियाले हङकङलाई ८ विकेटले पराजित गरेको हो । ८२ रनको लक्ष्य मलेसियाले १२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

मलेसियाका मुहम्मद स्याहादत रामली ३६ तथा विरानदीप सिंह ३२ रनमा अविजित रहे । हङकङका नसरुल्ला रानाले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनाएको थियो ।

शिव माथुरले सर्वाधिक २९ रन बनाए भने निजाकात खानले १९ रन बनाए ।

मलेसियाका पवनदीप सिंह र मुहम्मद आमिर अजिमले ३-३ विकेट लिँदा साइद अजिल, मोहम्मद वफिक र विरानदीप सिंहले १-१ विकेट लिए ।

यसअघि आजै बिहान सम्पन्न समूह ‘ए’ को खेलमा अफगानिस्तानले जापानलाई हराएको थियो ।

भोलि शुक्रबार ओमान र हङकङ तथा नेपाल र अफगानिस्तानबीच खेल हुनेछ । त्यसपछि शनिबार नेपालले जापानसँग खेल्नेछ ।

२०औं एसियन गेम्स एसियन गेम्स क्रिकेट एसियन गेम्स पुरुष क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय