+
२०औं एसियन गेम्स :

नेपालसँग पराजित भएपनि अफगानिस्तान क्वार्टरफाइनलमा

२०८३ असोज  ९ गते १६:२५ २०८३ असोज ९ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालसँग ५ विकेटले हारे पनि अफगानिस्तान २०औं एसियन गेम्सको पुरुष क्रिकेट क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
  • अफगानिस्तान २ खेलबाट २ अंकसहित समूह ‘ए’ को शीर्षमा छ, भने नेपाल १ खेलबाट २ अंकसहित रनरेटमा पछि दोस्रो स्थानमा छ।
  • समूहको अन्तिम खेल शनिबार नेपाल र जापानबीच हुनेछ, र नेपालले जितेमा समूह विजेताका रूपमा क्वार्टरफाइनल पुग्नेछ।

९ असोज, काठमाडौं । अफगानिस्तान २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा भएको खेलमा नेपालसँग ५ विकेटले पराजित भएपनि अफगानिस्तानले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

अफगानिस्तान २ खेलबाट २ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा छ । एक खेलबाट २ अंक जोडेको नेपाल रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।

एक खेल खेलेको आयोजक जापान अंकविहीन बन्दै तेस्रो स्थानमा छ । शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्ने प्रावधान छ । अब समूहको अन्तिम खेलमा शनिबार नेपाल र जापान प्रतिस्पर्धा गर्नेछन् ।

अफगानिस्तानको नेट रन रेट ०.८४६, नेपालको रनरेट ०.८४२ र जापानको नेट रन रेट -२.४०० छ । रनरेटमा अघि हुँदा नेपाल र जापानबीचको अन्तिम खेलमा जस्तो नतिजा आएपनि अफगानिस्तान क्वार्टरफाइनल पुग्ने समिकरण बनेको छ ।

शनिबारको खेलमा जित निकालेमा नेपाल पनि समूह विजेताको रुपमा क्वार्टरफाइनलमा जानेछ । पराजित भएको अवस्थामा पनि नेपाल क्‍वार्टरफाइनल पुग्ने सम्भावना बलियो नै छ ।

जापानले भने नेट रनरेटमा नेपाललाई उछिन्ने गरी जित निकाल्नुपर्ने छ । यसको अर्थ नेपालले निकै फराकिलो हार बेहोर्नुपर्ने हुन्छ ।

क्वार्टरफाइनलमा समूह विजेताले श्रीलंका र समूह उपविजेताले भारतसँग खेल्ने समिकरण छ ।

२०औं एसियन गेम्स अफगानिस्तान क्रिकेट टोली एसियन गेम्स पुरुष क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय