News Summary
Generated by OK AI. Editorially reviewed.- जगदम्बा मोटर्सले स्याक्म्यानका एक्स–५००० ई ६×४ विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल भित्र्याउने भएको छ।
- कम्पनीले यी मोडल भारी तथा व्यावसायिक सवारीसाधनमा विद्युतीय प्रविधि विस्तार गर्ने उद्देश्यले नेपाली बजारमा ल्याउन लागेको जनाएको छ।
- दुवै मोडलको उपलब्धता र मूल्यसम्बन्धी विवरण आगामी दिनमा सार्वजनिक गरिने जगदम्बा मोटर्सले जनाएको छ।
९ असोज, काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५००० ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५००० ई ६×४ विद्युतीय डम्प ट्रक नेपाल भित्र्याउने भएको छ ।
भारी तथा व्यावसायिक सवारीसाधनमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित कम्पनीले यी दुई मोडल नेपाली बजारमा ल्याउन लागेको हो । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग यात्रुवाहक तथा हलुका व्यावसायिक सवारीसाधनबाट क्रमशः भारी सवारीसाधनतर्फ पनि विस्तार भइरहेको अवस्थामा कम्पनीले नयाँ मोडल ल्याउन लागेको जनाएको छ ।
एक्स–५००० ई विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि लक्षित छ । त्यस्तै, विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमा हुने कामका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
दुवै मोडलमा स्याक्म्यानको विद्युतीय शक्ति प्रणाली, छिटो चार्ज गर्न सकिने सुविधा तथा स्मार्ट नियन्त्रण र ब्याट्री व्यवस्थापन प्रणाली रहेको जनाइएको छ । यसले व्यावसायिक प्रयोगमा सञ्चालन समय व्यवस्थापन तथा विभिन्न कार्य वातावरणमा प्रभावकारी सञ्चालनमा सहयोग पुग्ने कम्पनीको दाबी छ ।
जगदम्बा मोटर्सका अनुसार यी दुई मोडलको आगमनसँगै नेपालमा भारी विद्युतीय व्यावसायिक सवारीसाधनको नयाँ विकल्प थपिनेछ । ढुवानी, निर्माण, खानी तथा अन्य औद्योगिक क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्न यसले सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
एक्स–५००० ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रकको सार्वजनिक, बजारमा उपलब्धता तथा मूल्यसम्बन्धी थप विवरण आगामी दिनमा सार्वजनिक गरिने जगदम्बा मोटर्सले जनाएको छ ।
प्रतिक्रिया 4