+
+
Shares

‘पेन्सन पट्टा’ को कमाइ ७ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को कुल ग्रस कलेक्सन ७ करोड १ लाख रुपैयाँ पुगेको छ।
  • पछिल्लो आइतबारसम्म यो फिल्म २ लाख ४४ हजारभन्दा धेरै दर्शकले हेरेका छन्।
  • निर्माताका अनुसार पोखरामा मात्र फिल्मले १ करोडभन्दा धेरै कमाइ गरेको छ।

काठमाडौं । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को कुल कमाइ ७ करोड रुपैयाँ ग्रस नाघेको छ । पछिल्लो आइतबार (११ असोज)सम्म फिल्मको कुल ग्रस कलेक्सन ७ करोड १ लाख रुपैयाँ पुगेको छ ।

सोही अवधिसम्म यो फिल्मलाई २ लाख ४४ हजारभन्दा धेरै दर्शकले हेरेका छन् । दयाहाङ राई र गौमाया गुरुङको शीर्ष भूमिका रहेको यो फिल्मले सकारात्मक प्र्रतिक्रिया पनि प्राप्त गरेको छ ।

विशेषगरि, पोखरा लगायतका लाहुरे सहरमा फिल्मको कलेक्सनमा बढोत्तरी छ । निर्माताका अनुसार, पोखरामा मात्र यो फिल्मले १ करोडभन्दा धेरै कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?