News Summary
Generated by OK AI. Editorially reviewed.- मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परेर सङ्खुवासभाका दुई टुरिष्ट गाइडको मृत्यु भएको छ।
- मृतक भोटखोला गाउँपालिका–३ का छेबी भोटे र भोटखोला गाउँपालिका–२ का पासाङ भोटे हुन्।
- शव पोस्टमार्टमका लागि कैलाश हेलिकप्टरमार्फत काठमाडौँको त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।
१२ असोज, संखुवासभा । मनाङ जिल्लाको हिमलुङ हिमालमा हिमपहिरोमा परेर सङ्खुवासभाका दुई जनाको मृत्यु भएको छ ।
असोज ११ गते मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर भोटखोला गाउँपालिका–३ का छेबी भोटे र भोटखोला गाउँपालिका–२ का पासाङ भोटेको मृत्यु भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।
आइतबार हिमलुङ हिमाल क्षेत्रमा आएको हिमपहिरोमा परेर उनीहरूको ज्यान गएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।
मनाङको हिमलुङ हिमाल आरोहण तथा त्यस आसपासको क्षेत्रमा रहेका उनीहरू हिमपहिरोमा परेका हुन् ।
मृतकको शव पोस्टमार्टमका लागि कैलाश हेलिकप्टरमार्फत काठमाडौँको त्रिवि शिक्षण अस्पताल ल्याइएको उनले जानकारी गराए ।
भोटखोला –३ का छेबी र भोटखोला–२ का पासाङ दुवैजना टुरिष्ट गाइड हुन् ।
हिमपहिरो मनाङको नार्पाभूमि गाउँपालिका–५ मा गएको हो । मृतकको दुवैजनाको पोस्टमार्टमपछि दाहसंस्कार काठमाडौंमा गरिने अध्यक्ष भोटेले बताए ।
प्रतिक्रिया 4