+

एसियन गेम्स : गल्फको पहिलो राउन्डमा सुबास १८औं, राहुल ४३औं स्थानमा

२०८३ असोज  १४ गते ११:४४ २०८३ असोज १४ गते ११:४४

१३ असोज, काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष व्यक्तिगत स्ट्रोक प्ले गल्फको पहिलो राउन्ड सकिँदा नेपालका सुबास तामाङ १८औं स्थानमा रहेका छन् ।

सुबासले पहिलो राउन्डमा १८ होल पूरा गर्दै पार स्कोरमा खेल सकाए । उनले कुल ७० स्ट्रोक खेलेका छन् ।

नेपालका अर्का खेलाडी राहुल विश्वकर्मा भने पहिलो राउन्डपछि ४३औं स्थानमा छन् । राहुलले १८ होल पूरा गर्दा ६ ओभर पार खेलेका छन् । उनको कुल स्कोर ७६ रहेको छ ।

नेपालका सद्भाव आचार्य भने स्वास्थ्य समस्याका कारण पहिलो राउन्डमा सहभागी भएनन् ।

गल्फको पुरुष व्यक्तिगत स्ट्रोक प्ले प्रतियोगिता चार राउन्डमा सञ्चालन हुनेछ । पहिलो राउन्डपछि सुबास र राहुलले थप तीन राउन्ड खेल्न बाँकी छ ।

२०औं एसियन गेम्स एसियन गेम्स गल्फ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय