+
+
Shares

जलवायु नीति २०८३ : मन्त्री चौधरीलाई ४० भन्दा बढी संस्थाले बुझाए सुझाव

जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा चौधरीले जोड दिइन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १९:२३

१४ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयमा बुधबार नागरिक समाज, अक्सफाम, गैरसरकारी संस्था महासंघ लगायत ४० भन्दा बढी संघसंस्थाले ‘जलवायु नीति २०८३’ बारे मन्त्री गिता चौधरीलाई सुझाव बुझाएका छन् ।

सुझाव बुझ्दै मन्त्री चौधरीले सरोकारवालाबाट आएका विषयको गहन अध्ययन र आवश्यक छलफलपछि मात्र नीति अगाडि बढाउने बताइन् ।

नीति निर्माणमा युवा सहभागिता, समावेशिता र विविध क्षेत्रको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिने र युवाको महत्त्वपूर्ण भूमिका सुनिश्चित गरिने उनको भनाइ छ ।

जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रका रूपमा नेपालले आफ्ना अनुभव, ज्ञान र प्राथमिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा राख्नुपर्ने उनले बताइन् ।

जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा चौधरीले जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?