+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुकुम्बासीहरु भन्छन्-आन्दोलनमै सकिने भो जीबन

१९ कात्तिक, घोराही । दाङ देउखुरी गंगापरस्पुर ५ का ७१ वर्षीय प्रेमबहादुर कुमाललाई आफ्नै नाममा जग्गा बनाउने रहर छ । जग्गा पाउने आशामा उनले धेरैपटक सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिए । सबै प्रक्रिया पूरा गरेर निवेदन दिदा पनि उनले एक टुक्रो जग्गा पाएका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १९ गते १२:२९
DANG-MA-SUKUMBASI
जग्गा प्राप्तिको लागि निवेदन दिने सुकुम्वासी तथा भुमिहीनहरूको भीड

निमुसंगम घर्ती

१९ कात्तिक, घोराही । देउखुरी गंगापरस्पुर ५ का ७१ वर्षीय प्रेमबहादुर कुमाललाई आफ्नै नाममा जग्गा बनाउने रहर छ । जग्गा पाउने आशामा उनले धेरैपटक सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिए । सबै प्रक्रिया पूरा गरेर निवेदन दिदा पनि उनले एक टुक्रो जग्गा पाएका छैनन् ।

सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउने सरकारको नीति अनुसार बेला बेलामा जिल्ला सुकुम्वासी समस्या समाधान आयोगले निवेदन आह्वान गर्दछ । त्यसको खबर पाएलगत्तै सुकुम्वासीहरु घण्टौंको बाटो धाएर सदरमुकाम पुग्छन्, प्रक्रिया पुर्‍याएर निवेदन दिन्छन् तर, जग्गा पाउदैनन् ।

‘जग्गा पाईन्छ भन्ने सुनेर फारम भरियो तर अझै जग्गा पाइएन,’ मुजा परिसकेको निधार खुम्चाउँदै ७१ बर्षे कुमालले भने, ‘मर्नेबेला आइसक्यो अब त जग्गाको आश पनि लाग्न छाड्यो ।’

सिसहनिया ५ कालापानीका ५० वर्षीय बुद्धिराम चौधरीले पनि जग्गा पाउने आशामा १४ पटक निवेदन दिईसके । तर, उनको पनि आफ्नो नामको जग्गा छैन । सरकारले दिने भनेको जग्गाको ठेगान छैन ।

कुमाल र चौधरीको जस्तै धेरै सुकुम्वासीहरुले जग्गा पाउने आशमा दिएको निवदेन अलपत्र छन् । दाङ जिल्लामा १५ हजार बढी सुकुम्बासी, भुमिहिनहरु जग्गा पाउने आशामा निबेदन दिएर र आन्दोलन गरेर थाकेका छन् ।

सत्ता परिवर्तनसँगै भंग हुने समितिले बर्षौंसम्म पनि काम गर्न सकेको छैन । पुराना निवेदनहरु मालपोत कार्यालयमा धमिरा लागेको अबस्थामा छ तर समितिले फेरी निवेदन संकलन जारी राखेको छ ।

लोकतन्त्र, गणतन्त्र जस्ता ठूला राजनीतिक परिवर्तन आए पनि वास्तविक सुकुम्वासीहरुले त्यसको अनुभुति गर्न पाएका छैनन् । बिभिन्न पार्टीका नेताहरुले सुकुम्बासी र भुमिहिनका समस्या समाधान गर्ने भनेर दिएको आश्वासन पूरा नभएपछि अहिले सुकुम्वासी तथा भुमिहिनहरुमा राजनीतिप्रति नै वितृष्णा जागेको छ ।

‘चुनावकोबेला नेताहरु नमस्कार गर्दै घरमा आउँछन्, चुनाव जितेपछि वास्तै गर्दैनन्,’ गंगापरस्पुरका ७१ बर्षे प्रेमबहादुर कुमालले भने, ‘हामीजस्ता गरिबलाई गणतन्त्र आए पनि उस्तै, नआए पनि उस्तै, खान लाउन पुग्ने आफ्नो नामको एक टुक्रा जग्गा भए पुग्छ ।’

दर्जनभन्दा धेरैपटक निवेदन दिइसकेका सुकुम्वासी तथा भुमिहीनहरु फेरी पनि निवेदन दिन सदरमुकाम घोराहीमा आएका छन् । सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समितिको कार्यालयमा उनीहरुको भिड छ । कार्यालयमा ५ सय ६३ सुकुम्बासी, ६ सय ३७ अव्यवस्थित बसोबासी र ७५ जना भुमिहिनहरुले निबेदन दिएको समिति संयोजक टिकाराम खड्काले जानकारी दिए । दाङ जिल्लामा १५ हजार बढी सुकुम्बासी र भुमिहिनहरु रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?