+
+
Shares

डोटीमा ट्याक्टर दुर्घटना, ९ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १२:२१

२० असोज, काठमाडौं । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

मंगलबार बिहान पौने ९ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको हो ।

उक्त ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ बस्ने २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए ।

प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?