+
+
Shares

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवौँ वार्षिकोत्सवका अवसरमा क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ।
  • क्याथ ल्याब सुरु भएपछि मुटुसम्बन्धी रोगको परीक्षण र उपचार सेवा विस्तार भएको छ।
  • स्वास्थ्य मन्त्री निशा मेहताले सेवा विस्तारले दाङसहित आसपासका जिल्लाका नागरिकलाई टाढा जानुपर्ने बाध्यता कम गर्ने बताइन्।

२३ असोज, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवासञ्चालनमा आएकाे छ । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा सेवा सुचारु भएको हाे ।

क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा विस्तार भएको छ । यसबाट दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी उपचारका लागि टाढाका अस्पतालमा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

स्वास्थ्य मन्त्री निशा मेहताले क्याथ ल्याब सेवा सञ्चालनले यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन् ।

उनले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत कार्यक्रममा छलफल भएको थियो।

मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार र स्तरोन्नतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?