News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका अलराउन्डर विल बोसिस्टोले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन् ।
- काठमान्डुले शुक्रबार सामाजिक सञ्जालमार्फत् बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
- बोसिस्टोले सुरुवाती दुई संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए ।
२३ असोज, काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर विल बोसिस्टोले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
काठमान्डुले शुक्रबार सामाजिक सञ्जालमार्फत् बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो । बोसिस्टोले सुरुवाती दुई संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए ।
यसपटक भने अस्ट्रेलियन स्टार डेभिड वार्नरसँगै बोसिस्टो काठमान्डुमा अनुबन्ध भएका हुन् । काठमान्डुले यसअघि श्रीलंकाका सहान अराचिगे र भारत/यूएईका केएस भरतलाई पनि अनुबन्ध गरिसकेको छ ।
३३ वर्षीय बोसिस्टोले फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी-२० प्रतियोगिता खेलेका छन् । त्यसैगरी उनले अस्ट्रेलिया यू-१९ टोलीबाट कप्तानी गर्दै सन् २०१२ को विश्वकप पनि खेलेका छन् । फाइनलमा भारतसँग पराजित भएपनि उनी विश्वकपको उत्कृष्ट खेलाडी भएका थिए ।
उनले फर्स्ट क्लास क्रिकेटमा २८ खेल खेल्दै कुल ११०० भन्दा धेरै रन बनाएका छन् । त्यस्तै अफब्रेक बलिङ गर्ने उनले १७ विकेट पनि लिएका छन् ।
टी-२० मा उनले २१ खेलमा ४०० रन बनाएका छन् भने ३ विकेट लिएका छन् ।
प्रतिक्रिया 4