News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत मतदान सकिएसँगै सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा सुरु गरिएको छ।
- अविरल वर्षाका कारण राति १० बजे सकिएको मतदानपछि मतपेटिका संकलनमा ढिलाइ भएको थियो।
- सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन्।
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएसँगै मतगणनाको काम पनि अघि बढाइएको छ ।
अहिले सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा सुरु गर्नेगरी मतपत्र गणना भइरहेको छ । सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिन लागेको महाधिवेशनका लागि बनेको मिडिया सेन्टरबाट जानकारी गराइएको छ ।
केहीबेर अघि खुलामञ्चबाट सभापति पदको मतपेटिकाहरू सभागृहमा ल्याइएको थियो । अन्य मतपेटिका भने सानेपा लान लागिएको हो ।
राति १० बजे नै मतदान सकिए पनि अविरल परेको वर्षाको कारण मतपेटिका संकलनमा ढिलाइ भएको थियो ।
सभापति पदको मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सीसी क्यामेरा जडान पनि गरिएको छ ।
मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् ।
प्रतिक्रिया 4