+
+
Shares

कांग्रेस महाधिवेशन अपडेट :  सभापतिमा कूल ४३ मत बदर, गणना जारी

सभापति पदमा कूल ४३ मत बदर भएको छ । अहिले जम्मा मत गणना भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते ३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा सीसी क्यामेराको निगरानीमा भइरहेको छ ।
  • ७ हजार ३ सय १७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका छन् र सभापतिमा ३९ मत बदर भएको छ ।
  • सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् ।

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएसँगै सभापति पदको मतगणना भइरहेको छ ।

अहिले सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा भइरहेको हो । सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।

७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

जसमध्ये सभापति पदमा कूल ४३ मत बदर भएको छ । अहिले जम्मा मत गणना भइरहेको छ ।

कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् ।

मतगणना स्थलमा सीसी क्यामेरा जडान पनि गरिएको छ ।

मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?