+
+
Shares

पछिल्लो २४ घण्टामा कहाँ-कहाँ भयो भारी वर्षा ?

महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै वर्षा कास्कीको घलेखर्क स्टेशनमा ७३.८ मिलिमिटर वर्षा मापन भएको छ । यो भारी वर्षा हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते ६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्लो २४ घण्टामा काठमाडौंसहित सात जिल्लामा भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • सबैभन्दा धेरै ७३.८ मिलिमिटर वर्षा कास्कीको घलेखर्क स्टेशनमा मापन भएको छ।
  • महाशाखाका अनुसार आज पनि देशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ।

२४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भारी भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित सात जिल्लामा भारी वर्षा मापन भएको छ भने धेरै जिल्लामा मध्यम वर्षा भएको छ ।

महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै वर्षा कास्कीको घलेखर्क स्टेशनमा ७३.८ मिलिमिटर वर्षा मापन भएको छ । यो भारी वर्षा हो । २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।

यस्तै, दार्चुलाको धरमपानीमा ६४.३, शंखुवासभाको चैनपुर पूर्वको केन्द्रमा ६२.८, सर्लाहीको नवलपुरमा ६१.२ र मानुसमारा केन्द्रमा ५३.४, काठमाडौंको कलंकीमा ५१.२, सिन्धुपाल्चोकको बौनीपाटी र काभ्रेको रोशी केन्द्रमा ५०.४/५०.४ मिलिमिटर वर्षा भएको छ ।

यसबाहेकका धेरै जिल्लाहरुमा १० देखि ५० मिलिमिटरको बीचमा वर्षा भएको छ । यो मध्यम वर्षा हो । मौसम विज्ञानमा २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने २०० मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ ।

आज पनि देशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?